चितवन-३ मा एमाले र राप्रपाबीच सहमति भएन

 असोज २३, २०७९ आइतबार १२:०:५५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवन क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल नहुने भएकाे छ । 

तालमेल भए राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एमाले र राप्रपाका साझा उम्मेदवार हुने सम्भावना थियाे । तर, तालमेल नभएपछि राप्रपाले चितवनका सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने भएको छ । 

एमाले चितवनका जिल्ला अध्यक्ष  रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताउनु भएकाे हाे । न्यौपानेलाई एमाले चितवनले सर्वसम्मत उम्मेदवार घोषणा गरेको थियो। 

राप्रपाले चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा वाग्मती प्रदेशका सहसचिव मधुकुमार भट्टराई र चितवन–२ मा रविन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

उम्मेदवारी दर्ता गर्न राप्रपा उपाध्यक्ष पाण्डे चितवन आउनुभएको छ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया