चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्‍यो

 असोज २६, २०७९ बुधबार १५:३:३४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेकपा एमालेले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।

क्षेत्र नं ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय भएकाे हो । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।

चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार हनुहुन्छ । राप्रपाबाट विक्रम पाण्डेको उम्मेदवारी रहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया