खो–खोमा पुरुषतर्फ आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण

 कात्तिक ३, २०७९ बिहिबार १५:५५:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । 

आज बिहीवार पोखरा रङ्गशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई १४–१० को अङ्कले हराउँदै विभागीय टिमले स्वर्ण हात पारेको हो ।

महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेकाे छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले हराउँदै लुम्बिनीले स्वर्ण जितेकाे हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बाग्मती प्रदेशले रजत पदक हात पारेका छन् । 

पोखरा रङ्गशालाकाे ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिमले कास्य पदक जितेको हो । पुरुषतर्फ प्रदेश १ लाई हराउँदै बाग्मती प्रदेशले कास्य पदक जितेको छ । 

गएकाे असोज ३० देखि सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित नाै टिम सहभागी थिए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया