रामेछाप : सुनापति गाउँपालिकाकाे सार्वजनिक ठाउँमा जाँड–रक्सी खान रोक

 कात्तिक ४, २०७९ शुक्रबार १९:३२:७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक ठाउँमा जाँड–रक्सी खान रोक लगाएको छ ।

पालिकाभित्रका सार्वजनिक ठाउँहरू– वडा कार्यालय, प्रहरी चौकी, बैंक तथा वित्तीय संस्था, विद्यालय, स्वास्थ्य संस्था, गुम्बा, मन्दिर र पार्कलगायतका ठाउँमा जाँड–रक्सी खाएको पाइएमा उनीहरूलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले वडास्तरसम्म अनुगमन गर्ने गरी वडाध्यक्षको नेतृत्वमा अनुगमन समितिसमेत गठन गरेको छ । पालिकाले पहिलो पटक सार्वजनिक सूचना निकालेर नागरिकलाई सूचनामार्फत जानकारी गराइएको र अटेर गर्नेलाई प्रहरीको सहयोगमा पक्राउ गरी कारबाही गर्ने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया