कैलालीमा धान थ्रेसरमा परेर एक जनाको ज्यान गयाे

 कात्तिक ७, २०७९ सोमबार १३:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कैलालीमा धान थ्रेसरमा परेर एक जनाको ज्यान गएकाे छ । 

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्न जाँदा तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया