जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
रुकुम पूर्व – रुकुम पूर्वमा सञ्चालन हुँदै आएकाे गाेरु जुधाइ प्रतियाेगिता यस वर्ष पनि सम्पन्न भएकाे छ । भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा गाेरु जुधाइ प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।
प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु पहिलाे भएको आयोजक गाउँखरदारी समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिनुभयो । त्यसैगरी राज बुढाको गोरु दाेस्राे र कमल बुढाको गोरु तेस्राे भएको छ ।
प्रतियोगितामा जम्मा आठ वटा गोरुबीच बीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले बताउनुभयो । गाउँका बलिया गोरुहरूको छनोट गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने गाेरुका मालिकलाई क्रमशः चार हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सय रुपिँया नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलाे हुने गाेरुकाे मालिकलाई आयोजकले पैसाको माला लगाइ बाजागाजासहित घरसम्म पुर्याउने परम्परा छ । त्यसका साथै त्यही टिमसहित स्थानीयवासी जम्मा भइ नजिकैको चौतारामा गएर नाचगान गर्ने प्रचलन रहेको छ ।