हेटौंडामा नगदसहित १८ जुवाडे पक्राउ

 कात्तिक १२, २०७९ शनिबार १३:५०:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयो । कौडामा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना र घरबेटी १ जना गरि जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको हो ।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी चौघडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया