गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी म्यादी प्रहरीको ज्यान गयाे

 कात्तिक १६, २०७९ बुधबार १३:५१:४१ | सिताराम अधिकारी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धादिङ – धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल हिजाे मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि न्युराे अस्पताल लगिएकाेमा त्यहीँ नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम खत्रीले जानकारी दिनुभयो ।

म्यादी प्रहरीको बीमा नगरिएकोले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया