बझाङ : ढुङ्गाले लागेर गम्भीर घाइते भएकी महिला वडा सदस्यको हेलिकप्टरबाट उद्धार

 कात्तिक २१, २०७९ सोमबार १५:५:४६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएकी साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

हिजो आइतवार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा दाउरा बटुल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते हुनुभएको काँडा माविका शिक्षक दीपक बोहराले जानकारी दिनुभयो । उहाँलाई काँडाबाट जिल्ला अस्पतालसम्म ल्याउनका लागि बाटोबाट तीन–चार लाग्ने भएका कारण साइपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । 

गम्भीर घाइते गुरुङलाई नेपालगञ्ज लगिएको छ । उहाँ पालिका चुनाव २०७९ मा साइपाल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया