डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 कात्तिक २६, २०७९ शनिबार १८:५९:३८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका–४ काफलीमा सडक मर्मतका लागि पानी लैजाँदै गरेको ना २ ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।

यस दुर्घटनामा परि डडेल्धुराको आलिताल गाउँपालिका–८ का ३८ वर्षीय दानबहादुर धामीको ज्यान गएकाे प्रहरी चाैकी वायलका प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा चालक धामी ट्याङ्करमुनि च्यापिएर गम्भीर घाइते भएका र उहाँको उद्धार गरी उपचारका लागि पठाउँदै गर्दा निधन भएको प्रहरीले जनाएको छ।

ट्याङ्कर सडकबाट करिब तीन सय मिटर खोलामा खसेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया