दिपायलमा फर्निचर उद्योगमा आगलागी, ३७ लाख रुपैयाँ बराबरकाे क्षति

 कात्तिक २७, २०७९ आइतबार १९:३:४० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिजुली तार शर्ट भएर आगलागी भएको बताइएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयाेगमा दमकल प्रयाेग गरेर आगाे निभाइएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया