गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

 कात्तिक २९, २०७९ मंगलबार १६:४१:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । 

पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि समानुपातिकतर्फबाट सांसद बनेका खड्का अहिलेको चुनावमा पनि उम्मेवारको आकाङ्क्षी हुनुहुन्थ्यो तर पार्टीले विन्दुकुमार थापालाई टिकट दिएको छ । टिकट नपाएपछि खड्काले आफ्नै पार्टीका थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै मुख्यमन्त्रीले मन्त्रीबाटै बर्खास्त गर्नुभएको हो । 

खड्का २०७८ साउन ८ गते मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया