दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेकाे आराेपमा दुई जना पक्राउ

 मंसिर २, २०७९ शुक्रबार ९:७:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर-५ बसपार्कका १९ वर्षीय आशिष  परियार रहेका छन् । 

उनीहरुले गएराति तुलसीपुरबाट जुम्लेकुला जाँदै गरेकाे भे १ ह ५४४३ अटाे नियन्त्रणमा लिइ  शान्तिनगर गाउँपालिका-४ रानीवनको जङ्गलमा लुटपाट गरेका प्रहरीले जनाएकाे छ । 

अटाे चालकको साथमा रहेकाे २ हजार ९ सय २० रुपैयाँ र मोबाइल लिएर भाग्दै गरेको अवस्थामा उनीहरुलाई शान्तिनगर मतदान केन्द्रमा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया