नेपालगञ्ज गोल्डकप : रुपन्देही फाइनलमा प्रवेश

 जेठ २३, २०७५ बुधबार २०:१:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको खजूरामा जारी नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा लाली रुपन्देही–११, फाइनलमा प्रवेश गरेको छ ।

डी गाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा आयोजक नेपालगञ्ज–११ लाई २ का विरुद्ध ४ गोलको अन्तरले हराउँदै रुपन्देही विजयी भएको हो ।

रुपनदेहीकातर्फबाट साले, जनक कार्की, ग्लोरीजोन र फाेनाले १/१ गोल गरे भने नेपालगञ्जका तर्फबाट कर्ण लिम्बू र विभूषण केसीले १/१ गोल गरेका थिए । खेलमा रुपन्देहीका जोन म्यान अफ द म्याच भएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।   केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाछेडले पुरस्कार वितरण गर्नुभयो

प्रतियोगिता अन्तर्गत बिहीबार दोश्रो सेमिफाइनल खेल संकटा क्लब र सुदूूरपश्चिम–११ बीच हुनेछ । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपालका ए डिभिजनमा रहेका ६ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया