पर्सिदेखि हुने यान्त्रिक परीक्षण उडानको लागि एरो थाइ कम्पनीको जहाज पोखरामा

 मंसिर ३, २०७९ शनिबार १६:५८:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्सि सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ ।

विमान पोखरा आइपुगेको र पर्सि सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ ।

क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम पनि भएको प्रमुख मुनकर्मीले बताउनुभयो । क्यालिब्रेसन प्लाइटको समयमा नियमित उडान प्रभावित हुने छन् । क्यालिब्रेसन उडान सकिएपछि एरो थाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया