गुल्मीको छापहिले माविमा २ घण्टा रोकिएको मतदान पुनः सुरु

 मंसिर ४, २०७९ आइतबार १०:३२:६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मालिका गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा केही बेर रोकिएको मतदान पुन: सुरु भएको छ ।

गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा क मा संघको प्रत्यक्ष तर्फको मतपत्र नदिएर प्रदेशको दुई वटा दिएका कारण केही बेर रोकिएको मतदान कार्य पुनः सुरु भएको हो ।  सहायक मतदान अधिकृत मोहलाल पौड्यालको कार्य हेरफेर र खसेको ५४ वटा मत फेरि खसाल्ने निर्णयका साथ पुनः मतदान सुरु भएको हो ।

५४ वटा खसेका मत पुनः खसाल्ने मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो । सहायक  मतदान अधिकृतको जिम्मेवारी रवि थापाले पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया