मकवानपुरमा तीन किरियापुत्रीले गरे मतदान

 मंसिर ४, २०७९ आइतबार ११:४२:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मनहरीमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् ।

आज बिहानैबाट सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मनहरी–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा रहेको  मतदान केन्द्रमा तीन जना किरियापुत्री दाजुभाइले मतदान गरेको मतदान अधिकृत भैरवबहादुर कुमालले जानकारी दिनुभयो ।

किरियापुत्री बिलराम खड्काले मतदान केन्द्र क, राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र ख मा मतदान गर्नुभएको हो ।

उहाँहरूले आमा मैयाँ खड्काको निधनको चौथो दिन किरियापुत्रीको पहिरनमै मतदान गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया