मनाङमा ५१ प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार १२:४९:२७ | रासस
unn.prixa.net

मनाङ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ बजेर ३० मिनेटसम्ममा बजेसम्म ५१ प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ बजेर ३० मिनेटसम्ममा मनाङमा ५१ प्रतिशत मत खसेको हो । 

 २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल ६ हजार ७ सय ७९ मतदाता रहेका छन् ।

यस्तै, मुस्ताङमा भने १२ बजेसम्म झण्डै ४५ प्रतिशत मत खसेको र जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया