म्याग्दीमा ४० प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार १३:२७:४४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी– प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा म्याग्दीमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १२ बजेसम्म  म्याग्दीमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । 

म्याग्दीमा एक सय २० वटा मतदान केन्द्र छन् । सबै केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । 

म्याग्दीमा ८६ हजार मतदाता छन् । म्याग्दीमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया