दाङ : तुलसीपुर उपमहानगरपालिका १० को केन्द्र ‘ग’ मा पुन : मतदान सुरू

 मंसिर ४, २०७९ आइतबार १४:०:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – दाङको  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पातुबनगाउँ मावि ‘ग’ मा स्थगित भएको मतदान पुन : सुरु भएको छ । 

प्रतिनिधि सभाको साटो प्रदेश सभाको मतपत्र दिएर पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो ।

दाङ क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत बदर गरी मतदान पुन : सुरू गरिएको छ ।

अधिर्कत न्यौपानेका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि मतदान कार्य रोकिएको थियो । कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ ।

७ सय ६८ मतदाता रहेको मतदान केन्द्रमा दिउँसो पौने १ बजेतिर पुन : मतदान सुरू भएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया