ताप्लेजुङकाे फूलबारी मतदान केन्द्रमा झडप, ४ राउन्ड हवाई फायर

 मंसिर ४, २०७९ आइतबार १५:५९:२९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेकाे फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएकाे छ । 

विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेख्रेलले जानकारी दिनुभयाे । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेकाे उहाँले बताउनुभयाे । 

झडपका कारण केही समयका लागि मतदान राेकिएकाे प्रजिअ पाेख्रेलले बताउनुभयाे । राेकिएकाे मतदान सुरु गर्न प्रयास भइरहेकाे उहाँकाे भनाइ छ ।   

यसैबीच ताप्लेजुङमा अहिलेसम्म ५० प्रतिशत मत खसेकाे छ । दिउँसाे साढे ३ बजेसम्म ४० प्रतिशत मत खसेको प्रजिअ पोख्रेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया