रामेछापमा मतदान गरेर बाहिरिने क्रममा बेहाेस भएर लडेका एक वृद्धकाे ज्यान गयो

 मंसिर ४, २०७९ आइतबार १७:४२:३५ | दीपक भट्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत रामेछापमा मतदान गरेर बाहिरिने क्रममा बेहोस भएर ढलेका एक वृद्धकाे ज्यान गएको छ । 

लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटका ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो । बेहाेस भएर ढलेका सुनुवारलाई सुरक्षाकर्मी र आफन्तले उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको लिखु गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । 

मृतक सुनुवारले लिखु गाउँपालिकाको वडा नं ४ मा रहेको भृङ्गेश्वर मावि कोटगाउँ मतदान केन्द्रमा मतदान गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया