गुल्मीको कालीगण्डकी भगवती मावि 'क' केन्द्रमा मतदान स्थगित

 मंसिर ४, २०७९ आइतबार १८:३८:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २  अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको हो । त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ ।

स्थगित भएको मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पठाएर पुन: मतदान गर्ने बताइएको छ । तर पुन: मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनु भएको छ ।

२ लाख २३ हजार ६ सय १५ मतदाता रहेको गुल्मीमा आज भएको चुनावमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया