महोत्तरीमा ६० प्रतिशतभन्दा धेरै मतदान भएको प्रारम्भिक अनुमान

 मंसिर ४, २०७९ आइतबार १९:३४:५७ | सुनिता महताे
unn.prixa.net

महोत्तरी – आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ६० प्रतिशतभन्दा धेरै मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मतदान सकिएपछि अहिले धमाधम निर्वाचन केन्द्रबाट मतपेटिका गणनास्थलतर्फ ल्याउने काम भइरहेको छ ।

यस पटकको चुनावमा कुनै किसिमका झडप वा विवाद नभएर चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताउनु भएको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया