मुस्ताङमा नेपाली कांग्रेसकाे अग्रता कायम

 मंसिर ५, २०७९ सोमबार १०:२८:२७ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ - मुस्ताङमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव पछि सुरु भएको प्रतिनिधि सभातर्फको मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

मुस्ताङमा अहिलेसम्म तीन हजार ७७९ मत गणना गरी सक्दा नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा २ हजार ३५, नेकपा एमालेको सूर्य चुनाव चिह्नमा १ हजार ६५७, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नमा ४१, राप्रपा नेपालको तिर चुनाव चिह्नमा ५ र ४० मत बदर भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो।

मुस्ताङका प्रजिअ शर्माका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या १० हजार नौ सय ५७ रहेकाेमा सात हजार दुई सय ५७ मत खसेको हो । पुरुष तीन हजार छ सय २० र महिला तीन हजार छ सय ३६ र अन्य एक गरी सात हजार दुई सय ५७ जनाले मतदान गरेका शर्माले जानकारी दिनुभयो।

प्रतिनिधितर्फ ४ जना र प्रदेश १ तर्फ २ जना एवम् प्रदेश २ मा तीन जना गरी कुल तीन ठाउँका लागि ९ जना उम्मेदवार  प्रतिस्पर्धामा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया