प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दाङ - दाङको क्षेत्र नम्बर ३ मा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । तुलसीपुर भू-संरक्षणको कार्यालयमा गणना सुरु गरिएको छ ।
हिजाे भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा दाङ क्षेत्र न ३ मा ९० हजार ५ सय ३० मत खसेको थियो ।
४९ हजार ८ सय ४६ महिला र ४० हजार ६ सय ८४ जना पुरुषले मतदान गरेका थिए ।
यो निर्वाचन क्षेत्रमा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ६१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
यस्तै क्षेत्र नम्बर १ मा दिउँसो १ बजेदेखि मतगणा सुरु गर्न दलहरु सहमत भएका छन् भने क्षेत्र नम्बर २ मा केहीबेरमै गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।