कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै, एमाले २ सय ६५ मतले पछाडि

 मंसिर ५, २०७९ सोमबार १२:४८:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अग्रता कायमै छ । अहिलेसम्म दुई हजार ९८ मतगणना हुँदा रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेलले सात सय ४६ मत प्राप्त गर्नुभएकाे छ । 

कँडेललाई नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले पछ्याइरहनु भएकाे छ । भट्टराईले चार सय ८१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले तीन सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुवर्णराज पन्तले तीन सय १६ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया