रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

 मंसिर ५, २०७९ सोमबार १४:३४:५३ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ ।

यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएकाे छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया