चितवन १ मा कांग्रेसका पाैडेलकाे अग्रता, एमालेका पाण्डे तेस्राेमा

 मंसिर ५, २०७९ सोमबार १६:४८:२९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएकाे छ । 

अहिलेसम्म एक हजार चार सय मत गन्दा कांग्रेसका उम्मेदवार विश्व पाैडेलले चार सय ८१ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले चार सय ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । 

नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे तेस्राे स्थानमा हुनुहुन्छ । उहाँले तीन सय ५७ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया