ओखलढुङ्गामा एमालेको पकड क्षेत्रमा पनि कांग्रेसको अग्रता

 मंसिर ५, २०७९ मंगलबार ३:३५:१५ | रासस
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले सुरुवाती अग्रता लिनुभएको छ । नेकपा एमालेको पकड क्षेत्र मानिने लिखु गाउँपालिकाका विभिन्न वडाको जारी मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा अगाडि हुनुहुन्छ । 
    
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले दुई हजार २० मत प्राप्तगर्दा एमालेका सुनुवारले एक हजार ६६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ५७ प्राप्त गर्नुभएको छ । 

यस्तै प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार र प्रदेशसभा २ मा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया