रुकुम पूर्व : प्रतिनिधि सभामा गठबन्धनका पूर्ण घर्ती र प्रदेशमा स्वतन्त्रका सुरलको अग्रता

 मंसिर ६, २०७९ मंगलबार ६:४१:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुम पूर्वको मतगणनाको नतिजा आउन सुरु गरेको छ।

पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को प्रतिनिधि सभा सदस्यको मतगणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुर्ण घर्ती मगर १ हजार ६२० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४६६ मत ल्याउनुभएको छ भने स्वतन्त्र तर्फका उम्मेदवार चन्द्रराज झाँक्रीले ६७ मत ल्याउनभएको छ । राप्रपा नेपालका खिमबहादुर खत्रीको मत १२ रहेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं  १ तर्फ स्वतन्त्र उम्मेदवार सुरल पुनको अग्रता छ।

पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा स्वतन्त्र उम्मेदवार सुरल पुनले १ हजार २२१ मत ल्याउनुभएको छ भने बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार तेजबहादुर ओली ९८३ र स्वतन्त्रतर्फबाट ध्रुवकुमार पुनले ६५ मत ल्याउनभएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया