मकवानपुर–२ (क) मा एमालेका ढकाल ५ सय ८ मतले अगाडि

 मंसिर ६, २०७९ मंगलबार ७:२२:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालकाे अग्रता कायमै छ।

उहाँले कुमारी मोक्तानलाई ५०८ मतले पछि पार्नु भएकाे छ। यस प्रदेशमा कुल १० हजार ९ सय ५२ मत गणना हुँदा एमालेका ढकालले ४ हजार ९९७ मत प्राप्त गर्नु भएकाे हाे भने माओवादी केन्द्रका उम्मेदवार तथा मन्त्री कुमारी मोक्तानले ४ हजार ४८९ मत प्राप्त गर्नु भएकाे छ ।

यसैगरी राप्रपाका उम्मेदवार रामबहादुर घलेले ८३४ मत प्राप्त गर्नु भएकाे छ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया