जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
रुकुम पश्चिम : एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेकाे छ ।
रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले झन्डै दाेब्बर मतले अग्रता लिइ रहनुभएकाे छ । अहिलेसम्म १ हजार ५ सय ९३ मत गन्दा शर्माले ८ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका नन्दराम देवकोटाले ४ सय ८९ मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत ल्याउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले अग्रता लिइरहनुभएकाे छ । केसीले ३ सय ५५, एमालेका नारायणकुमार शाहले १ सय ९८ र राप्रपाका विनोदकुमार शाहले १ सय ६० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रदेश सभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्माले ४ सय ९९, एमालेका कर्णबहादुर घर्तिमगरले ३ सय १ र राप्रपाका निर्जल केसीले २० मत ल्याउनुभएको छ ।