अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेकाे छ ।
अहिलेसम्म १६ हजार २ सय २० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ६ हजार ४ सय १ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पाेखरेलले ४ हजार ६ सय ३६ मतसहित पछ्याइ रहनुभएकाे छ । लामिछाने र पाेखरेलबीच मतकाे अन्तर १७ सय ६५ रहेकाे छ ।
यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभएकाे छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।