कास्की २ क मा नेकपा एमालेका भिम कार्की विजयी

 मंसिर ७, २०७९ बुधबार ६:२५:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्की २ क मा प्रदेशसभामा नेकपा एमालेका भिमबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो । 
सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गर्नुभयो ।
यो क्षेत्रमा २६ हाजर १ सय २५ मत खसेको थियो । त्यस मध्ये ९ सय २५ मत बदर भएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया