गुल्मी क्षेत्र नं १ काे मतगणनाकाे बिहान ११ बजेदेखि

 मंसिर ७, २०७९ बुधबार ९:३१:२२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मी क्षेत्र नं १ काे मतगणनाकाे आज बिहान ११ बजेदेखि सुरु हुने भएकाे छ। जिल्ला प्रशासन कार्यालयमा बिहान बसेकाे सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने विषयमा सहमति भएकाे मुख्य निर्वाचन अधिकृत वसन्तराज पाैडेलले जानकारी दिनुभएकाे छ ।

निर्वाचन अधिकृत कार्यालयले आयाेगकाे निर्देशिका बमाेजिम मत गणना गरिने जनाएकाे छ । गुल्मीको क्षेत्र नं १ अन्तरगत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे 'क' र 'ख' केन्द्रमा स्थगित भएकाे मतदान हिजाे सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएकाे हाे ।

मंसिर ४ गतेकाे निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फकाे मत पत्र दिने ठाउँमा प्रदेश सभाकाे प्रत्यक्षतर्फकाे मत पत्र दिएपछि मतदान स्थगित भएकाे थियाे।

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया