दाङ-२ (१) मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित

 मंसिर ७, २०७९ बुधबार १२:८:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित हुनुभएको छ । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ।

यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएकाे थियाे ।

अन्तिम अपडेट: चैत ३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया