गुल्मीमा गाेकर्ण विष्टकाे 'ह्याट्रिक'

 मंसिर ७, २०७९ बुधबार १३:१७:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्ट विजयी हुनुभएकाे छ । अन्तिम मत परिणामअनुसार विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभयाे । विष्टले नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् । 

नेकपा एसकी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयाे । विष्ट यसअघि भएकाे २०७० र २०७४ सालमा पनि गुल्मीबाट विजयी हुनुभएकाे थियाे । २०५६ सालको चुनावदेखि यही क्षेत्रमा लगातार उम्मेदवार बन्दै आएका विष्टले २०६४ सालको चुनाव भने हार्नुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया