ताप्लेजुङमा योगेश भट्टराई विजयी

 मंसिर ७, २०७९ बुधबार १४:३५:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – प्रतिनिधि सभाअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी हुनुभएको छ । याेसँगै भट्टराई ताप्लेजुङबाट दाेस्राे पटक विजयी हुनुभएकाे छ ।

भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी हुनुभएको हो । भट्टराईले २१ हजार ९ सय ४२ प्राप्त गर्नुभएको छ । 

माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।

२०६४ र ०७० सालको पहिलो र दोस्रो संविधान सभा चुनावमा काठमाण्डौबाट पराजित भएका भट्टराई २०७४ सालमा भने आफ्नै जन्मथलो ताप्लेजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा विजयी हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया