मकवानपुर २ को (ख) मा लालबहादुर थापालाई पराजित गर्दै इन्द्र बानियाँको जित

 मंसिर ७, २०७९ बुधबार १९:२८:१४ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँले एमाले मकवानपुरका उपाध्यक्ष थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

बानियाँ १८ हजार ७ सय १६ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ९३४ मत पाउनुभयो । बानियाँले थापालाई १ हजार ७ सय ८२ मतान्तरले जित्नुभएको हो । 

हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा यस प्रदेशसभा क्षेत्रको मतगणनाको सुरुवातीदेखि बानियाँ अगाडि लाग्नुभयो । थापाले एक पटक पनि बानियाँलाई मतगणनाको क्रममा रोक्न सक्नुभएन । 

यस क्षेत्रका अन्य उम्मेदवारहरूको मत विवरण आउन बाँकी रहेको छ । जम्मा ४० हजार ५ सय ९९ मत खसेको थियो । बानियाँ २०७४ को चुनावमा पनि यही क्षेत्रबाट १९ हजार २४५ मतका साथ निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया