बझाङकाे प्रदेशसभा १ मा गठबन्धनका पृथ्वीबहादुर सिंह विजयी

 मंसिर ७, २०७९ बुधबार २१:६:४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै सिंह विजयी हुनुभएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार सिंहले १७ हजार ११३ मत प्राप्त गर्नुभयो भने ओखेडाले १३ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । राप्रपा नेपालका कर्णबहादुर खड्का ४२६ र राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गर्नुभएको छ ।

याे क्षेत्रमा कुल मतदाता ६१ हजार १ सय ६९ रहेकाेमा ३२ हजार ४०८ मत खसेका थिए । जम्मा १ हजार १३० मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया