सुर्खेत २ 'क' बाट एमालेका यामलाल कंडेल निर्वाचित

 मंसिर ७, २०७९ बिहिबार ५:३४:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सभा सदस्यमा नेकपा एमालेका यामलाल कंडेल निर्वाचित हुनु भएको छ । एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएका कंडेलले नेपाली कांग्रेसका कालिप्रसाद शाक्यलाई एक सय ६१ मतान्तरले पराजित गर्दै सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रदेश सभा क बाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

कंडेलले १८ हजार पाँच सय ६१ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका शाक्यले १८ हजार चार सय मत ल्याउनु भएको छ । कंडेल २०७४ सालको चुनावमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया