कास्की २ 'ख' मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

 मंसिर ८, २०७९ बिहिबार ६:३४:३१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्की २ ख मा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएकाे छ । उहाँले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गर्नुभयाे ।

थापाले १ हजार ३ सय १० मतले पछि पार्दै विजयी हुनुभयाे । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गर्नुभयाे । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया