चितवन ३ (क) मा राप्रपाका गिरबहादुर तामाङ विजयी

 मंसिर ८, २०७९ बिहिबार १०:३४:२१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित हुनुभएको छ । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गर्नुभयो। २०७४ मा यही क्षेत्रबाट निर्वाचित एमालेका पूर्व प्रदेश सांसद कृष्ण भुर्तेल तेस्रो हुनुभएको छ । उहाँले ११ हजार ६२३ मत मात्रै प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया