सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

 मंसिर ८, २०७९ बिहिबार १७:५१:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका ताराकेशर गौतमलाई पराजित गर्नुभएकाे हाे । 

विष्टले १३ हजार ९ सय ९ मत ल्याउनुभएको छ भने गौतमले ९ हजार ३ सय ३० मत ल्याउनुभएको छ । विष्ट २०७४ सालको चुनावमा पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

विष्ट प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । उहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया