प्रस्ट मुद्दा ल्याउने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ : प्रदीप पौडेल

 मंसिर ८, २०७९ बिहिबार १९:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएका प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि नेता पौडेलको चर्चा चुलिएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै नेता पौडेलले नेपाली राजनीति परिवर्तनको दिशामा अघि बढेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पार्टीभित्र परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका खेल्ने बताउनुभयो । परिवर्तनको पक्षमा पार्टी भित्र र बाहिरको बसै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने पनि उहाँले बताउनुभएको छ । 

प्रस्तुत छ नेता पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रतिकुलतामा निर्वाचनमा जित हासिल भयो वा अनुकूलतामा ?

सुरुमा नेपाली कांग्रेसको उम्मेदवार बनेर यहाँ आउँदा असाध्यै धेरै प्रतिकुलता छ भनेर धेरैले भनिरहनुभएको थियो । यत्रो दुःसाहस पनि किन गरेको ? किन यत्रो आँट गरेको भन्नेहरू पनि थुप्रै हुनुहुन्थ्यो । प्रतिकुलता यस अर्थमा कि एउटा निर्वाचनको तयारी त्यो भन्दा अघि यो क्षेत्रमा नगरेको अवस्था, दोस्रो कुरा प्रतिस्पर्धी बलियो भएको, तेस्रो कुरा पालिका चुनावमा अरू पार्टीले बढी सिट जितेको लगायत यी यस्तै विषयहरूले प्रतिकुलता छ भनेर भन्ने गरिन्थ्यो ।

तर म एउटा आँट र दृढता बोकेर नै लड्न तयार भएको हुँ । त्यसैले मलाई प्रतिकुलता छ भन्ने लागेको थिएन । मेरो आफ्नै इच्छा शक्तिले, आम नेपाली कांग्रेसका कार्यकर्ता साथीहरूले, यहाँका आदरणीय बुद्धिजीवीहरूले यहाँका धेरै मतदाता अभिभावकहरूले मलाई निरन्तर उत्साहित बनाउनुभयो । त्यसले गर्दा बिस्तारै माहौल बन्दै गयो र आज यो परिस्थितिमा पुग्यो भन्ने मलाई लाग्छ ।

तपाईँले प्राप्त गरेको मत केही आफ्नै मत र केही प्रतिशोधको मत हो, यसरी आएको देखिन्छ, मतदाता आफूसँग राखिराख्नको लागि तपाईँले के काम गर्नुहुन्छ ?

आम मतदाताहरूले निजी कुरामा सहयोग खोजिरहनुभएको छ भन्ने मलाई लाग्दैन । आफूले व्यक्तिगत रूपमा प्राप्त गर्ने अवसरका निम्ति सहयोग गरिरहेको हो भन्ने मलाई लाग्दैन । खासमा राजनीतिले नै विश्वास आर्जन गर्न सकेन ।

राजनीतिले विश्वास गुमायो । के कारणले भन्दा जनप्रतिनिधिहरूको व्यवहारले राजनीतिले डेलिभर गर्न नसकेको कारणले राजनीतिमा खास नागरिकहरुको मुद्दाहरूका बारेमा बहस नभएको विषयले अनि सरकार बनाउँदा, सरकार चलाउँदा, संसद् चल्दा, चलाउँदा, जुन घटनाहरू देखिन्छ ती घटनाहरूले पनि कतिपय सन्दर्भमा वितृष्णा उत्पन्न गरेको हो कि ।

त्यसैले निजी मामिलासँग यो कुरा जोडिएको छ भन्ने लाग्दैन । तर राज्यसँग एउटा नागरिकले के अपेक्षा गर्छ ? कर तिर्ने नागरिकले राज्यसँग के अपेक्षा गरेको हुन्छ ? सुशासनको मामिलामा सरकार कति प्रभावकारी छ त ? आम दैनिक समस्याहरूका सन्दर्भमा सरकार कति प्रभावकारी छ ? महामारी भयो त्यो बेलामा सरकारले आम नागरिकलाई कसरी सहयोग गरेको छ ? यी तमाम कुराहरूसँग ती विषयहरू जोडिएका छन् भन्ने मलाई लाग्छ ।

तर फेरि काठमाण्डौमा कस्तो छ भने बाहिर देख्दा काठमाण्डौ जस्तो छ, भित्र काठमाण्डौ असाध्यै धेरै समस्याग्रस्त छ । ढल भएको ठाउँमा ढल बग्ने ठाउँ साँघुरो भएर धेरै घरहरू बने, अब त्यसको क्षमता छैन, फोहोर बगाउने, ढल नै फेर्नुपर्ने स्थिति छ । कतिपय ठाउँमा ढल नै छैन । कतिपय घरमा गाडी लैजाने बाटो नै छैन ।

त्यसैले नागरिकसँगको कनेक्टिभिटी पनि महत्त्वपूर्ण रहेछ । यसलाई कति प्रभावकारी ढङ्गले व्यवस्थित गर्न सकिन्छ ? डिजिटली, फिजिकली कस्तो माध्यमबाट यसलाई अघि बढाउन सकिन्छ । त्यसपछि नागरिकका समस्याहरू विभिन्न खाले हुन्छन् ।

बाटो भएको ठाउँ असाध्यै धुलाम्मे कच्ची छ । पक्की बाटो भनिएकाहरू पनि सबै खाल्डो परेको स्थिति छ । खासमा हामीले लिइरहेको अक्सिजन पनि काठमाण्डौ अशुद्ध छ । यो प्रदूषित सहर हो भन्ने पहिचान बनाएको स्थिति छ । 

ट्राफिक जामको त्यस्तै समस्या छ । यी तमाम समस्या झेलिरहेका मतदाताहरूले राज्यसँग यी समस्याहरू हल गर्न सहयोग खोजिरहेको स्थिति छ । त्यसैले यो सहयोग खोजिरहेको अहिलेको अवस्थामा यी सबै काम सम्पन्न हुन्छन् भन्ने पनि होइन । 

सम्पन्न गर्नका निम्ति पहल कति गरिन्छ ? आफूले कोसिस गरेको देखाउन सकिन्छ कि सकिँदैन यी विषयलाई महत्त्व दिएर प्राथमिकताको आधार निर्माण गरी सम्बन्धित निकायसम्म पु¥याएको भान गराउन सकिन्छ कि सकिँदैन ? नागरिकसँग कनेक्टिभिटी, यहाँ त कस्तो छ भने एउटा निर्वाचन लड्यो, त्यो जित्यो, त्यसपछि अर्को निर्वाचनमा एकै पटक भेट्न गएको भन्ने खालको टीकाटिप्पणी पनि व्यापक रूपमा सुनिएको थियो । 

त्यसैले नागरिकसँगको कनेक्टिभिटी पनि महत्त्वपूर्ण रहेछ । यसलाई कति प्रभावकारी ढङ्गले व्यवस्थित गर्न सकिन्छ ? डिजिटली, फिजिकली कस्तो माध्यमबाट यसलाई अघि बढाउन सकिन्छ । त्यसपछि नागरिकका समस्याहरू विभिन्न खाले हुन्छन् ।

त्यसलाई सुन्ने, पैरवी गर्ने, समस्या मात्रै उठान गर्ने होइन, हल गर्ने विषयमा पनि आफूलाई सक्रिय बनाउन सकियो भने निजी मामिलामा अपेक्षा गरिएको अहिलेको अवस्थामा सार्वजनिक सरोकारका विषयहरूलाई उठाउन सकियो र आफूप्रतिको विश्वास बचाउन सकिन्छ जस्तो मलाई लाग्छ ।

तपाईँले जितेको निर्वाचन क्षेत्रमा नेकपा एमालेको स्थानीय सरकार छ, महानगरमा स्वतन्त्र हैसियतको नेतृत्व छ, सबैसँग जुधेर काम गर्नुपर्ने स्थिति छ, त्यसमा तपाईँको आफ्नै चुनौतीको पहाड छ, एउटा कामका लागि बहुसरोकारवाला निकायसँग पुग्नुपर्ने चुनौती छ, अब काम गर्ने तपाईँको रणनीति के हुन्छ ?

हामीसँग जोडिएका २ वटा अभिभाराहरू हुन्छन् । एउटा पालिकामा सम्पन्न गर्नुपर्ने कामहरु अर्को केन्द्रीय तहमा हामीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने, राष्ट्रिय सरोकारका विषयहरूलाई उठाउने, त्यसको निम्ति नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्ने, यो दुई खाले जिम्मेवारी पूरा गर्ने सन्दर्भमा जस्तै पालिकाको कामहरु गर्दा पालिकासँग मिलेर नै गर्नुपर्छ । प्रदेश तहसँग पनि मिलेर नै गर्नुपर्छ । 

केन्द्रीय तहबाट रिसोर्स ल्याउने, स्थानीय आवश्यकता अनुसार त्यसलाई प्रयोग गर्ने, त्यसमा स्थानीय तहको रिसोर्स पनि मिसाउने, प्रदेश तहको रिसोर्स पनि मिसाउने, यसको निम्ति आपसी समस्याहरू के हुन् ? त्यसलाई हल गर्नका लागि कसरी पहल गर्ने ? भनेर सबै तहका जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्नुपर्छ । 

म नेपाली कांग्रेसको भएँ, पालिकामा एमाले पार्टीको साथीहरू हुनुहुन्छ, राम्रो काम गर्ने हो भने हामीबीचमा विभाजन, पार्टीगत कित्ताबन्दी हुनुपर्ने कुनै कारण छैन । वडाध्यक्ष भएका साथीलाई पनि आफ्नो वडाको पिच गराउनु छ । त्यहाँको खाने पानी व्यवस्थित गर्नु पर्नेछ । ढललाई व्यवस्थित गर्नुपर्नेछ, रिसर्स पुगेको छैन । त्यसैले उहाँ र हामी मिलेर सँगै रिसर्स कहाँ छ खोज्न जाने हो । दुवै मिलेर काम सम्पन्न गर्ने हो । 

किनभने हामी जनप्रतिनिधि हुँदै गर्दा अब पार्टीको मात्रै होइन । म नेपाली कांग्रेसको मात्रै प्रतिनिधि होइन । आम नागरिकको ५ नम्बर क्षेत्रका मतदाताको प्रतिनिधि हो । त्यसैले वडाध्यक्ष अर्कै पार्टीबाट हुनुभएको साथीहरू पनि त्यही पार्टीको मात्रै प्रतिनिधि वहाँ होइन, त्यसैले हामीले आफूलाई सफल बनाउने हो भने कांग्रेसबाट जितेको सांसदसँग किन मिल्ने ? उसले रिसर्स ल्यायो भने पनि मलाई चाहिँदैन भन्ने कि त्यहाँको समस्या हल गर्नको लागि मिलेर काम गर्ने ? 

त्यसैले हामी मिलेर नै अघि बढ्न सकिन्छ । यो नागरिकको विषय हो, गर्नुपर्ने कामको विषय हो । हाम्रो सफलता र असफलता यो विषयसँग निर्भर गर्छ । पार्टीगत, निजी स्वार्थका निम्ति काम गर्न खोजियो भने त कसैबाट समर्थन प्राप्त हुने कुरा भएन । जन सरोकारका विषयमा, राष्ट्रिय सरोकारका विषयमा काम गर्न खोज्दा सबै पार्टीबाट समर्थन हुन्छ भन्ने मेरो विश्वास छ ।

जनविरोधी, हस्तक्षेपका कुरा, नागरिकको दैनिकी सरोकारमा भएका समस्याका कुरा, सुशासन नभएको वर्तमान स्थितिलाई अन्त्य गर्ने हो भने हामी मिलेर सुशासन कायम गर्न सक्छौँ ।

अब संसद कस्तो बन्छ भन्ने सन्दर्भमा सिनारियो बहुपक्षीय संसद बन्ने जस्तो देखियो । धेरै दलको स्वतन्त्रको प्रतिनिधित्व संसदमा हुने अवस्था छ । त्यसलाई पनि कसरी राम्रो रूपमा लिन सकिन्छ भने स्वतन्त्रले पनि वैकल्पिक राजनीतिको वकालत गर्दै आउनुभएको छ ।

राजनीति सुदृढ गर्ने, सुशासन कायम गर्ने, तमाम विकृतिहरू हटाउने, हामी पनि त्यही कुरामा हाम्रो प्रतिबद्धता हो भने कुरा त मिल्यो । फरक ढङ्गले त्यहाँ पुगे पनि त्यहाँ पुगेर उठाउने मुद्दाहरू त मिल्यो । रणनीतिक हिसाबले निर्वाचन जित्नका लागि मात्रै ती विषय उठाइएको थिए भने त्यो अर्को कुरा भयो तर साँच्चै उठाइएका विषय कार्यान्वयन गर्न खोजिएको हो भने तमाम बेथितिका विरुद्ध लड्ने कुरा हाम्रो साझा मुद्दा हुनसक्छ ।

जनविरोधी, हस्तक्षेपका कुरा, नागरिकको दैनिकी सरोकारमा भएका समस्याका कुरा, सुशासन नभएको वर्तमान स्थितिलाई अन्त्य गर्ने हो भने हामी मिलेर सुशासन कायम गर्न सक्छौँ ।

हामीले साझा परराष्ट्र नीति अख्तियार गर्न सक्छौँ । साझा शिक्षा नीति, साझा स्वास्थ्य, हामी सबै मिलेर देशको देशको मुहार फेर्न सक्छौँ । त्यसैले राम्रो काम गर्ने हो भने जसले प्रस्ताव ल्याओस्, त्यसलाई समर्थन गरेर त्यसलाई कार्यान्वयन गर्ने गरी अघि बढ्नुपर्छ । त्यो पार्टीको स्वार्थभन्दा माथि हुनुपर्छ ।

जनमतको पृष्ठभूमि र प्राप्त नतिजालाई हेर्दा बाटो फरक फरक गरेर आएको देखियो, भोलि सङ्घीय संसदमा तपाईँहरूले ती व्यक्ति र मुद्दासँग  लड्ने कुरामा एकाकार हुन त गाह्रो पर्छ नि ? यो विरोधाभासलाई कसरी मिलाएर लैजानु हुन्छ ?

जस्तो छ त्यसमै जान कठिन छ । चुनावको परिणामबाट पनि हामीले महसुस गर्न सक्नुपर्छ । आफूलाई सच्याएर अघि लैजान सक्नुपर्छ । पार्टीले, पार्टीको नेतृत्वले, हामी सबैले, त्रुटिहरू थुप्रै भए, त्रुटिको महसुस गरेर, त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ ।

अब त एजेण्डा कसले छिटो ल्याउँछ, कसले पहिलो समात्छ, कसले पहिला सार्वजनिक गर्छ ? त्यसमा प्रतिस्पर्धा हुनुपर्छ ।

त्यसो गर्न नसके यथास्थितिले झनै बढी असन्तोषको स्थिति सिर्जना हुन्छ । अब केही ठाउँमा हारियो, यही यथास्थिति कायम रहे धेरै ठाउँमा हारिन्छ । पार्टीकै अस्तित्व नरहने अवस्था आउन सक्छ । त्यसैले यो निर्वाचनबाट कम्तीमा हामीले आफूलाई बदल्ने कुरा स्विकार्न सक्नुपर्छ । आफूलाई बदलेर परिवर्तनको अनुभूति हुने गरी हामी पनि फेरियौँ, अब हामी फेर्नका निम्ति अघि बढिरहेका छौँ भन्ने महसुस गराउने गरी अघि जान सक्नुपर्छ । 

अब प्रतिशोधको राजनीतिले कहीँ पनि पु¥याउँदैन । अब पुराना घटना सम्झिएर बदला लिने कुराले राष्ट्रले केही पनि प्राप्त गर्दैन । मेरो यति वर्ष लगानी भयो त्यस आधारमा भर्खरकोले मलाई जित्नुहुँदैन भनेर अब पार लाग्दैन । नयाँ पन कसरी दिन सकिन्छ ? परिवर्तनको महसुस कसरी गराउन सकिन्छ, खास देशका कार्यहरूलाई कसरी कार्यान्वयन गर्न सकिन्छ ? अब त एजेण्डा कसले छिटो ल्याउँछ, कसले पहिलो समात्छ, कसले पहिला सार्वजनिक गर्छ ? त्यसमा प्रतिस्पर्धा हुनुपर्छ ।

त्यसैले पार्टी भित्रकै मानिसले पनि यो कुरा महसुस गर्नुपर्ने स्थिति छ । पार्टी भित्रका नेतृत्व वा सबैले आफूलाई बदल्नुपर्ने स्थिति छ । यो महसुस गराउने परिस्थित पहिले भन्दा अझ बढी बनेको छ ।  

अहिलेको एउटा उमेर समूह जबरजस्त रूपमा नेतृत्वमा आएको छ, एउटा उमेर समूहले हस्तक्षेप गरेको त पक्कै हो, अब पार्टीको राजनीतिक नेतृत्व र अहिले निर्वाचित भएर आइरहेको सङ्ख्याका हिसाबले सम्भवतः काँग्रेसले नै राजनीतिलाई नेतृत्व गर्ने देखिन्छ, सरकार काँग्रेसकै नेतृत्वमा बन्न सक्छ, अब नेतृत्वलाई प्रश्न गर्ने, उत्तर खोज्ने, विकल्प दिने वा त्यसका लागि अग्रसरता लिने यी कुरामा तपाईँहरूको हस्तक्षेपकारी भूमिका हुन्छ कि हुँदैन ?

पहिले भन्दा अहिले के फेरिएको छ भने पहिला पछिल्लो पुस्तामा विकल्प नै छैन, विकल्प हुने गरी योग्य नै बनेको अवस्था छैन पनि भन्ने गरिन्थ्यो, विकल्प अघिल्लो पुस्ताबाट नै खोजिनुपर्छ, जो रोजे पनि पुस्ता एउटै हुन्छ ? भन्ने एउटा परिस्थिति थियो । तर अहिले त्यो परिस्थिति छैन । 

सबै पुस्तामा विकल्प १ सय १ देखिएको छ । म सांसद नरहेको अवस्थामा मैले सांसदभित्र हस्तक्षेप गरेर हुने विषय थिएन । अब सांसद रहेको स्थितिमा हस्तक्षेप गर्ने ल्याकत पुग्ने भयो । परिवर्तनको महसुस गराउनुपर्छ भन्दै गर्दा हस्तक्षेप गर्न तयार हुनुपर्छ ।

परिवर्तनको महसुस यसरी गराउन सकिन्छ भनेर विकल्प दिन तयार हुनुपर्छ । विकल्प दिन तयार नहुने हो भने त आफैँ परिवर्तनको नेतृत्व गर्न सकेको, खोजेको महसुस गराउन सकिएन । 

आफ्नो उपस्थिति महसुस गराउन पनि हामीले परिवर्तनको नेतृत्व गर्न सक्नुपर्छ । व्यक्तिको पोजिशन निर्माण गर्ने कुरा मात्र महत्त्वपूर्ण होइन, व्यक्ति किन त्यो पोजिशनमा जान चाहन्छ, हामीले गर्ने के हो ? हाम्रो प्रतिबद्धता के हो ? हामीले पहिचान गरेको समस्या के हो ? र समाधान गर्ने कसरी ? त्यो कुरा हामीसँग फेहरिस्त हुन जरुरी छ । सरकार बनाउने, सरकारको नेतृत्व गर्ने ? प्रधानमन्त्री र मन्त्री हुने तर किन हुने ? त्यो कुराको जवाफ हामीसँग प्रस्ट हुनुपर्छ । 

सरकारमा जाँदा पनि सचेतना पूर्वक जानुपर्छ । सरकार बनाउँदा पनि स्वाभाविक ढङ्गले बनेको देखाउन सक्नुपर्छ । राज्यले फजुल खर्च घटाउने भन्छ, सरकार नै बनाउन फजुल खर्च बढाउने, राज्यको अर्थतन्त्र ध्वस्त बनाउने, कनिका छरेजस्तो राज्यको ढुकुटी छर्ने गरी हामी अघि बढ्ने स्थितिले राम्रो हुन सक्दैन ।

त्यसैले आजको राजनीति जबाफदेही, उत्तरदायी हुनुपर्छ । आजको राजनीतिले सुशासन दिन सक्नुपर्छ । आज आम नागरिकले खोजिरहेको जे विषय हो, त्यसको सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ । दुई, चार जना नयाँ मानिस हामी मिल्यौँ, त्यसैले परिवर्तन हुन्छ भन्ने होइन, हाम्रो मिलन किन हो ? हामीले के गर्न खोजेको हो ? त्यसको एउटा फेहरिस्त हामीले प्रस्तुत गर्न जरुरी छ । त्यस्तो भयो भने विश्वास बढ्न सक्छ । विश्वास बढे सार्थक बनाउन सकिन्छ । विश्वास बढ्ने गरी हामीले आधार निर्माण गर्नुपर्छ । पहिलाको जस्तो सरकार जसरी पनि बनाउने, त्यस्तो हुनुहुँदैन ।

जसलाई मिलाएर भए पनि मन्त्रालय ४ टुक्रा पारेर भए पनि सरकार बनाउनु हुँदैन, त्यसले म्यासेज नै राम्रो दिँदैन । सरकारमा किन जाने हो ? डेलिभर गर्न, लोकप्रिय काम गर्न, आफू पनि लोकप्रिय हुने पार्टी पनि लोकप्रिय हुने, अर्को निर्वाचन त्यही आधारमा जित्ने, आम नागरिकले सरकारले डेलिभर गरेको छ भन्ने महसुस गराउने, यसो गरियो भने मात्र नै सरकारमा गएको काम लाग्छ । धेरै पटक सरकारमा जाने त्यसले नेगेटिभ म्यासेज मात्रै दिइरह्यो भने सरकारमा जानुको केही अर्थ हुँदैन ।

सरकारमा जाँदा पनि सचेतना पूर्वक जानुपर्छ । सरकार बनाउँदा पनि स्वाभाविक ढङ्गले बनेको देखाउन सक्नुपर्छ । राज्यले फजुल खर्च घटाउने भन्छ, सरकार नै बनाउन फजुल खर्च बढाउने, राज्यको अर्थतन्त्र ध्वस्त बनाउने, कनिका छरेजस्तो राज्यको ढुकुटी छर्ने गरी हामी अघि बढ्ने स्थितिले राम्रो हुन सक्दैन ।

हरेक कुरामा पोजेटिभ म्यासेज दिने गरी हामी अघि बढ्न सक्नुपर्छ । किनभने आम सञ्चारको धेरै विकास भएको छ, मतदाताहरूमा असाध्यै धेरै चेतना बढेको छ । राजनीतिप्रति एकदमै धेरै अपेक्षा छ । त्यस अर्थमा हामीले अघि बढ्दा पोजेटिभ म्यासेज कसरी दिन सक्छौँ, नागरिकको पक्षमा कसरी वकालत गर्न सक्छौँ ? त्यो कुराको बेवास्ता गरेर अघि बढ्ने कुराले हामीलाई कालान्तरमा धेरै ठूलो समस्या पर्छ ।

नेपाली कांग्रेसमा देशको नेतृत्व गर्छु भनेर पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्छु भनेर केही युवाहरूले उद्घोष गर्नुभएको छ, बोलिरहनुभएको छ, यसमा तपाईँको भूमिका के रहन्छ ?

कुनै न कुनै ढङ्गबाट हामीले परिवर्तनको महसुस गराउन सक्नुपर्छ । हामीले फरक मुद्दाहरू बोकेर फरक ढङ्गबाट अघि बढेको वा आम नागरिकको अपेक्षालाई सम्बोधन गर्ने गरी हामीले आफ्नो पार्टीलाई अघि बढाएको भन्ने कुराको सन्देश हामीले दिन सक्नुपर्छ । जसले नेतृत्व गरे पनि मुद्दा स्पष्ट हुनुपर्छ । 

म यस कारण दलमा नेतृत्व गर्न खोजेको हुँ भनेर भन्ने कुरा आउँछ । त्यसले हाम्रो पार्टीलाई परिष्कृत गराउने, पार्टीभित्र प्रतिस्पर्धालाई स्वाभाविक बनाउने, स्थिति निर्माण गर्न सक्छ ।

प्रस्ट मुद्दा ल्याउने मान्छे नेतृत्वमा पुग्नुपर्छ । मुद्दाको प्रस्तुति मात्रै पनि सम्पूर्ण होइन, मुद्दालाई कार्यान्वयन गर्ने हुटहुटी पनि महत्त्वपूर्ण हो । त्यसैले पहिलो मुद्दाहरू र दोस्रो व्यक्ति हो । दुवै कुराको समन्वय हुनुपर्छ, जोडिनुपर्छ । कांग्रेस एउटा यस्तो पार्टी हो जुन दलमा दर्जन बढी उम्मेदवारहरू संसदीय दलको नेतामा प्रतिस्पर्धाका लागि हुनुहुन्छ ।

यही सुविधा अन्य कुनै पार्टीमा छ भन्ने मलाई लाग्दैन । त्यसैले यो सकारात्मक पक्ष हो । त्यहाँ विषयहरूको प्रतिस्पर्धा हुन्छ । म यस कारण दलमा नेतृत्व गर्न खोजेको हुँ भनेर भन्ने कुरा आउँछ । त्यसले हाम्रो पार्टीलाई परिष्कृत गराउने, पार्टीभित्र प्रतिस्पर्धालाई स्वाभाविक बनाउने, स्थिति निर्माण गर्न सक्छ ।

एउटा प्रस्ट खाका निर्माण गरेर सरकारमा जाने परिस्थिति बनाउन सक्छ । त्यसलाई मैले सकारात्मक ढङ्गले लिएको छु । अब म कसरी अघि बढ्छु, आफैँ नै प्रस्तुत हुन्छु कि, ती विषयहरू बाँकी नै छन् । तर हाम्रो पार्टीभित्र प्रतिस्पर्धात्मक परिस्थिति बन्दै छ, त्यो सकारात्मक कुरा हो ।

गठबन्धनको सरकारले निर्वाचन सफल गरायो, तर गठबन्धनसँग आबद्ध पार्टीहरु परिणाममा कमजोर भइरहेको देख्न सकिन्छ, अब अहिलेको गठबन्धन नै अघि बढ्ने वा नयाँ गठबन्धनबाट सरकार निर्माण हुने भन्ने विषयलाई कसरी हेर्नुहुन्छ ?

चुनावकै परिणामसँग जोडेर हेर्दा, नेपाली कांग्रसलाई कसरी बुझ्नुपर्छ भने यो धेरै क्याडरबेस अर्गनाइजेशन भएको पार्टी होइन, यसले आफ्नो क्याडरहरुमा सम्पूर्ण कन्ट्रोल राख्न सक्दैन । यो फ्लेक्जिबल व्यवहार गर्ने, असाध्यै लुज नेटवर्क भएको, विवेकले काम गर्ने मतदातालाई मात्रै यसले समेटेको देखिन्छ ।

त्यस अर्थमा फेरि गठबन्धन गरेर हामी गयौँ । हामी इमान्दार थिएनौँ भन्ने होइन, नेतृत्व असाध्यै इमान्दार थियो । नेतृत्वले भनेकै हो, हाम्रो नेतृत्व नरहेको ठाउँमा गठबन्धनबाट जसले उम्मेदवारी प्राप्त गरेको छ, उसलाई हाम्रै सम्झिएर इमानदारीपूर्वक सहयोग गर्नुस् भनेर भनेको हो । तर आम मतदाताले त्यसलाई त्यसरुपमा स्विकार्नु भएन । 

गणितमा आधारित भएर मात्रै गठबन्धन गर्ने कुरा स्वाभाविक हुँदैन । यो गठबन्धन कायम रहेर अरू थप पक्षहरू यसमा जोडिने स्थिति बन्छ र नेतृत्व कांग्रेस कै हुन्छ भन्ने मलाई विश्वास छ ।

भोट ट्रान्सफर गर्ने सन्दर्भमा कांग्रेसको नेटवर्क, अर्गनाइजेशन पार्टी पङ्क्ति अन्य कम्युनिस्ट पार्टीहरूको जस्तो सबल नदेखिएकै स्थिति हो । गठबन्धनको अर्को कुनै पार्टीको उम्मेदवार हुनुभयो, उहाँले जति मत प्राप्त गर्नुभएको छ, त्यो उहाँको पार्टीको मात्रै मत होइन, हाम्रो सबै मत नपरेको होला, तर कति पनि नपरेको भने होइन । जोड जबरजस्ती गर्न सक्ने स्थिति पनि हुँदैन । त्यस कारण यसमा लामो विगत पनि जोडिएको हुनसक्छ । 

त्यसैले चुनावको परिणामसँग असन्तुष्टि व्यक्त गर्ने सन्दर्भ भन्दा पनि गठबन्धनलाई यसको वैचारिक निर्माण गरी कसरी सँगै लिएर जाने त्यो कुरा महत्त्वपूर्ण हो भन्ने मलाई लाग्छ । गठबन्धन अझ फराकिलो बनाउन सकिन्छ कि ? अझ धेरै जोड्न सकिन्छ कि ? यसलाई नटुक्र्याई, यसलाई यथावत् राखेर अझ थप बढाएर जान सकिन्छ कि ? किनभने कांग्रेसले राष्ट्रिय राजनीतिमा अब्बल समन्वयकारी भूमिका विगतदेखि नै निर्वाह गर्दै आएको हो । अहिले पनि संसद बहुपक्षीय बन्दै छ । त्यो बहुपक्षीय संसदलाई समन्वय गर्न जरुरी छ । त्यो समन्वयकारी क्षमता नेपाली कांग्रेसले नै राख्छ । 

अहिले भइरहेको गठबन्धनलाई कायम गरेर किनकि गठबन्धन तोड्ने निर्णय यस कारण आउँदैन कि । यसले हाम्रै नेतृत्वमा सरकार बनायो । हामी सँगै निर्वाचनमा गयौँ । अब फेरि पनि खास विषयमा अन्तर्विरोध नभई कन यो गठबन्धन तोडिने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन । तर खाली गणितमुखी हुने, सरकार बनाउने, प्रधानमन्त्री एउटा पार्टीको हुने, मन्त्री अर्को पार्टीको हुने, त्यत्तिकै आधारमा मात्रै गठबन्धन सीमित हुनु हुँदैन ।

गठबन्धनले के भन्नुप¥यो भने ५ वर्ष संसद कायम राख्छौँ, सरकार चलाउँछौँ, त्यसमा हामीले कतैबाट पनि अस्थिरता आउन दिने छैनौ । पार्टीगत स्वार्थका निम्ति, पार्टीगत व्यक्तिहरू व्यवस्थापन गर्नको निम्ति, नकारात्मक सन्देश जाने परिस्थिति हामीले बनाउने छैनौँ । 

वैचारिकसँग जोडिएको गठबन्धनले मात्रै देशलाई केही दिन सक्छ । गणितमा आधारित भएर मात्रै गठबन्धन गर्ने कुरा स्वाभाविक हुँदैन । यो गठबन्धन कायम रहेर अरू थप पक्षहरू यसमा जोडिने स्थिति बन्छ र नेतृत्व कांग्रेस कै हुन्छ भन्ने मलाई विश्वास छ ।

अन्तिम अपडेट: मंसिर ९, २०७९

तपाईको प्रतिक्रिया