सुर्खेत १ मा कांग्रेसका पूर्णबहादुर खड्का ११ हजारभन्दा धेरै मतान्तरसहित विजयी

 मंसिर ८, २०७९ बिहिबार २१:२१:१२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्का ११ हजार ६ सय १९ मतान्तरसहित विजयी हुनुभयाे ।

सुर्खेत १ मा पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीलाई पराजित गर्दै विजयी हुनुभएको हो । कांग्रेसका खड्काले ४२ हजार ६ सय ७ र एमालेका शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहम्मद हसरत अलीले ८ सय ९७ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया