कास्की-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर पौडेल विजयी

 मंसिर ९, २०७९ शुक्रबार ५:५८:५२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित हुनुभएकाे छ ।

वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै विजयी हुनुभयाे । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया