महोत्तरी : प्रदेश सभामा गठबन्धनका भरतप्रसाद साह निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार ८:४४:१६ | सुनिता महताे
unn.prixa.net

महोत्तरी - महाेत्तरी प्रदेश सभा सदस्यमा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ। सतारुढ गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका साहले आफ्ना निकटतम् प्रतिस्पर्धी जनता सामाजवादी पार्टीका  रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मता‍अन्तरले पराजित गर्नु भएको हो।  साहले ८ हजार ३०१ मत पाउनु भएको छ भने महताेले ५ हजार ८७१ मत हासिल गर्नु भएको छ।

त्यस्तै स्वतन्त्रका विनोदकुमार महतोले ४ हजार ६१३ मत ल्याएर तेस्रो स्थान हासिल गर्नु भएको छ।  

साह २०७४ सालको चुनावमा यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया