जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया - बर्दिया क्षेत्र नम्बर २ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका मान बहादुर थारुलाई ९ हजार १ सय ४३ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।
चौधरीले २० हजार १२७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका मान बहादुर थारुले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका धर्मराज शाहले ३ हजार १३३ मत ल्याउनुभएको छ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।